सिलगढी : पुलिसको वाहनबाट दुईजना आरोपी भागेको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारीअनुसार आज बिहान उक्त दुई आरोपीलाई मेडिकल जाँच गर्नको लागि सिलगढी जिल्ला अस्पतालमा लगिरहेको समय अस्पताल अघि पुलिसको वाहनबाट ती दुई आरोपीले सुइँकुच्चा ठोकेको बताइएको छ। पुलिसले सिलगढी लगायत संलग्न क्षेत्रहरूमा भागेका ती दुई आरोपीको खोजी शुरू गरेको छ। इलाकामा जडान गरिएको सीसीटीभी क्यामारा फुटेजको पुलिसले जाँच शुरू गरेको बताइएको छ। स्मरण रहोस्, एनजेपी थाना पुलिसले हिजो राति कृष्ण दे र देवाशीष दासलाई पक्राउ गरेको थियो। पक्रा परेका दुई आरोपीविरुद्ध विविध अपराधमूलक मामिला रहेको छ।
