सिलगढीमा प्रतिबन्धित कफ सिरप सहित 3 जना पक्राउ

सिलगढी, 26 दिसम्बर: भक्तिनगर थाना पुलिसले गोप्य जानकारीको आधारमा अभियान चलाएर प्रतिबन्धित कफ सिरप सहित तीन जना अभियुक्तलाई पक्राउ गरेको छ। अभियुक्तहरूको नाम मोहम्मद नजरूल इस्लाम, कृष्णो दास र बाप्पी पाल रहेको छ। पुलिस सूत्र अनुसार बुधबार राति गोप्य सूचना पाएपछि पुलिसले ईस्टर्न बाइपास क्षेत्रको एउटा माल वाहक पिकअप भ्यानलाई आशङ्काको आधारमा रोकेको थियो। त्यसपछि वाहनको खोजी गर्दा रातो रंगको झोलामा 60 वटा प्रतिबन्धित कफ सिरपको बोतल भेट्यो। यस घटनामा पुलिसले गाडी चालक सहित 3 जना व्याक्तिलाई पक्राउ गरेको छ। आज तीनै जनालाई जलपाईगढी जिल्ला अदालतमा पेश गरियो। पुलिसले उक्त घटनाको विस्तृत छानबिन गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *