सिलगढीमा ‘प्रतिभाको खोजीमा’ अन्डर-17 इन्टर डिस्ट्रिक्ट फुटबल लीगको आयोजना गरिने

सिलगढी : द इन्डियन फुटबल एसोसिएशन वेस्ट बंगालको प्रबन्धनमा पश्चिम बंगाल सरकार युवा कल्याण एवम् खेल विभागको सहयोग तथा सिलगढी महकुमा क्रीड़ा परिषदको पहलमा प्रतिभाको खोजीमा अन्डर-17 इन्टर डिस्ट्रिक्ट फुटबल लीगको आयोजना गरिने भएको छ। एसोसिएशनका सदस्यहरूले आज पीडब्ल्युडी निरीक्षण बङ्ग्लोमा पत्रकार सम्मेलनको आयोजना गरेर यसबारे जानकारी दिएका छन्। तिनीहरूले बताएअनुसार भोलि अपरान्ह 3 बजी चाँदमुनी खेल मैदानमा उक्त लीग शुरू गरिनेछ। उक्त फुटबल प्रतियोगितामा सिलगढी, कालेबुङ र दार्जिलिङका खेलाडीहरूले अंश ग्रहण गरेका छन्। भोलि फुटबल प्रतियोगिताको पहिलो दिन कालेबुङ डीएसए बनाम सिलीगढी महकुमा क्रीड़ा परिषदमाझ खेल सम्पन्न हुनेछ। उक्त प्रतियोगिता आगामी 18 अप्रेलसम्म चल्नेछ। राज्यबाट प्रतिभावान फुटबल खेलाडीहरूलाई खोजी निकालेर राज्य तथा देशको लागि खेल्न सकोस् भन्ने उद्देश्यले उक्त फुटबल प्रतियोगिता आयोजना गरिएको बताइएको छ। आजको पत्रकार सम्मेलनमा आईएफए-का अध्यक्ष अजीत ब्यानर्जी, सचिव अनिर्बन दत्त, सिलगढीका मेयर गौतम देव, डेपुटी मेयर रञ्जन सरकार, सिलगढी महकुमा क्रीड़ा परिषदका सचिव कुन्तल गोस्वामी, सिलगढी महकुमा क्रीड़ा परिषदका  फुटबल सचिव सौरभ भट्टाचार्य लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomCASİBOMholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişcasibom güncelcasibomcasibom girişbahis siteleriCasibom Girişcasibom girisiCasibomgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/