सिलगढीमा पीडब्लुडी विभागको क्वार्टरमा आगलागी,काठका सामानहरू जलेर नष्ट 

सिलगढी (निसं): सिलगढी नगरनिगमको वार्ड नम्बर-10 अन्तर्गत महात्मा गाँधी मोड़ संलग्न लोक निर्माण विभागको सुनसान अवस्थामा रहेको क्वार्टरमा भीषण आगो लाग्यो। आज बुधवार बिहान स्थानीय केही मानिसहरूले क्वार्टरमा आगो लागेको देखेपछि तत्कालै सिलगढी थाना पुलिस अनि दमकल विभागलाई यसबारे सूचना दिए। घटनाको खबर पाउन साथ दमकलको दुई वटा इञ्जिन घटनास्थलमा पुगेर लगभग एक घण्टासम्मको लगातार प्रयास पछि अन्तमा आगोलाई नियन्त्रणमा ल्याइयो। आगलागी घटनामा क्वार्टरमा राखिएको काठका सर-सामानहरू जलेर भष्म भएको छ। स्मरण रहोस, धेरै दिन अघिदेखि लोक निर्माण विभागको क्वार्टर सुनसान अवस्थामा रहेको थियो भने राति अन्धेरोमा केही असामाजिक मानिसहरूको आवाजाही देखिने गरेको स्थानीय मानिसहरूको भनाई रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *