सिलगढीमा रक्षा बन्धनको अवसरमा संस्कृति दिवस पालन

सिलगढी : पश्चिमबंग सरकारको युवा कल्याण तथा क्रीड़ा कार्यालयको पहल एवम् सिलगढी नगरनिगमको व्यवस्थापनमा रक्षा बन्धनको अवसरमा संस्कृति दिवस पालन गरियो। सिलगढीको विधान रोडमा गोष्ठ पालको सालिग मुनि उक्त कार्यक्रम पालन गरियो। दीप प्रज्ज्वलन गरेर रवीन्द्रनाथ ठाकुर र काजी नजरूल इस्लामको प्रतिकृतिमा पुष्प अर्पण गरेर श्रद्धाञ्जलि अर्पण गरियो।  


कोरोना परिस्थितिलाई ध्यानमा राखेर सचेतनताको सन्देश दिँदै मानिसहरूलाई मास्क वितरण गरियो। यस अवसरमा सिलगढी नगरनिगमको प्रशासक मण्डलीका चेयरम्यान गौतम देव, प्रशासक मण्डलीका सदस्य रञ्जन सरकार, विवेक वैद र प्रशासक बोर्डका अन्य सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *