सिलगढीमा रक्तदान शिविरको आयोजना

सिलगढी : रगतको संकट दूर गर्ने उद्देश्य लिएर सेन्ट्रल कोलनी युनाइटेड फ्रेन्ड्स एसोसिएशन क्लब तथा लायन्स क्लब अफ न्यु जलपाईगढीको संयुक्त पहलमा आज रक्तदान शिविरको आयोजना गरियो। उक्त शिविरमा मुख्य अतिथिको रूपमा एनजेपी थानाका ओसी पार्थसारथी दास उपस्थित थिए। तिनले स्वयम् पनि रक्तदान गरे भने शिविरमा रक्तदान गर्न आउने रक्तदाताहरूलाई पनि प्रोत्साहित गरे। उक्त शिविरमा मोठ 80  युनिट रगत संग्रह गरियो। उक्त शिवुरमा लायन्स क्लब अफ जलपाईगढीका अध्यक्ष सुनील मोहान्ती, युनाइटेड फ्रेन्ड्स एसोसिएशन क्लबका सचिव आनिस सरकार, सभापति विश्वजीत कुन्डु लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *