सिलगढी : उत्तरबंगाल उत्सवको मुख्य आकर्षण सिलगढी म्याराथान रहेको छ। उत्तरबंग विकास कार्यालयको सहयोगमा अग्रणी संघले प्रत्येक वर्ष सिलगढी म्याराथानको आयोजना गर्दै आइरहेको छ। राज्यका पर्यटन मन्त्री गौतम देवले आज सिलगढीको हासमी चोकबाट उक्त म्याराथान दौडको शुभारम्भ गरे। 21 किलोमिटरको हाफ म्याराथान, 8 किलोमिटरको मिनि म्याराथान दौडमा धेरै संख्यामा धावकहरूले अंश ग्रहण गरेका छन्। हाफ म्याराथानमा प्रथम हुने धावकलाई 1 लाख रुपियाँ पुरस्कार प्रदान गरिनेछ। यसको साथै स्लोगन प्रतियोगिताको पनि आयोजना गरियो।