सिलगढीमा ‘रिफ्रेशर ट्रेनिङ फर ट्रेनर्स अफ् मोटर ट्रेनिङ स्कूल’ कार्यक्रमको आयोजना

सिलगढी (निसं): राज्य सरकारको परिवहन विभागको पहलमा सिलगढीमा आज एक दिवसीय ‘रिफ्रेशर ट्रेनिङ फर ट्रेनर्स अफ् मोटर ट्रेनिङ स्कूल’ कार्यक्रम दिनबन्धु मञ्चमा आयोजना गरियो। उक्त कार्यक्रममा परिवहन विभागका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो। प्राप्त जानकारी अनुसार सिलगढीमा धेरै वटा मोटर ट्रेनिङ स्कूल छ, जहाँ मानिसहरूलाई गाडी चलाउनका लागि ट्रेनिङ दिइन्छ। तथापि समयको परिवर्तनसँगै परिवहन विभागको नियम कानूनमा धेरै परिवर्तन आइसकेको छ। यसैले समय अनुसार नयाँ-नयाँ नियम कानूनबारे मोटर ट्रेनिङ स्कूलको माध्यमबाट साधरण मानिसहरूलाई जानकारी दिनका लागि परिवहन विभागद्वारा उक्त कार्यक्रम आयोजित गरिएको बताइएको छ। उक्त कार्यक्रममा सिलगढीको मोटर ट्रेनिङ स्कूलका प्रबन्धन अनि ट्रेनर उपस्थित थिए।
राज्य सरकारको परिवहन विभागका अधिकारीले बताए अनुसार मुख्यमन्त्री ममता ब्यानर्जीले सडक दुर्घटना कम गर्ने उद्देश्य लिएर ‘सेफ ड्राइभ सेभ लाइफ’ अभियान चलाइरहेको छ। उक्त अभियानले गर्दा गत केही वर्षमा सडक दुर्घटनामा धेरै कमी आएको छ। यसको साथै गत केही वर्षको अवधि परिवहन विभागको नियम कानूनमा पनि केही परिवर्तन भएको छ। ती सबै विषयमा जानकारी साझा गर्नका लागि नै सिलगढीमा आज यो कार्यक्रम आयोजित गरिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom girişcasibom girişCasibom Girişcasibomcasibomcasibom 780JOJOBETjojobetgirişi jojobetjojobet giriş