सिलगढी: सिलगढी शहरमा गत केही दिन अघिदेखि साँझ पर्न साथ चारैतिर आकाशमा धुवाँको मुस्लो देख्न थालेको छ। उक्त धुवाँले गर्दा आँखा पोल्नको साथै शहरवासीहरूलाई श्वास फेर्न समेत असुविधा भइरहेको छ। तर के कारणले धुवाँको मुस्लो आउँदैछ भन्ने बारे जान्न चाहँदा मानिसहरूले आ-आफ्नै विभिन्न मन्तव्य पोखेका छन्। गत केही दिन अघिदेखि शहर नजिक बैकुण्ठपुर जङ्गलको विभिन्न ठाउँमा सुक्खा पत्ता अनि रूखहरूमा आगो लगाइरहेको छ। त्यहाँको आगो फैलिन साथ त्यहाँबाट चारैतिर धुवाँ फैलिरहेको छ। पर्यावरणविद्हरूको भनाई अनुसार धुवाँले गर्दा शहरमा प्रदूषण बढ़िरहेको छ। हिजो बुधवार साँझमा पनि आशीघर संलग्न बैकुण्ठपुर जंगलमा आगो लागेको देखियो। यसपछि स्थानीय मानिसहरूले उक्त आगोलाई निभ्याउने कार्य गऱ्यो। तथापि यस्ता घटनाहरूको प्रशासनिक निगरानी हुनु पर्ने तिनीहरूले माग गरेका छन्।
