सिलगढीमा सुरक्षा गार्डलाई कुटपिट गरेको आरोपमा युवक पक्राउ

सिलगढी (निसं): भक्तिनगर थाना पुलिसले सिलगढी संलग्न सालुगढामा एउटा आटाको मिलमा कार्यरत सुरक्षा गार्डलाई कुटपिट गरेको आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवकको नाम कृष्णचन्द्र दास (18) हो। तिनी सिलगढीको रथखोला इलाका निवासी हुन्।


सूत्र अनुसार, बुधवार राति युवक  सालुगढामा आटा मिल नजिक मातेको अवस्थामा घुमिरहेका थिए। त्यस अवधि त्यहाँ  सुरक्षा गार्डसित उक्त युवकको केही भनावैरी भयो। यसपछि युवकले सुरक्षा गार्डलाई कुटपिट गरेर त्यहाँबाट चम्पट कसेको आरोप लगाइएको छ। युवकले कुटपिट गर्दा सुरक्षा गार्ड गम्भीर रूपमा घाइते भएका छन्। घटना पछि आरोपी युवक विरूद्ध भक्तिनगर थानामा लिखित अभियोग दर्ता गरेपछि पुलिसले अभियोगको आधारमा कृष्णचन्द्र दासलाई पक्राउ गरेको छ। यसपछि आरोपी युवकलाई आज शुक्रवार जलपाईगढी अदालतमा पेश गरियो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom giriş