सिलगढीमा ठाकुर पञ्चानन बर्माको 157औँ जन्मजयन्ती पालन

सिलगढी : सिलगढी नगरनिगम तथा एसजेडीएको तर्फबाट आज ठाकुर पञ्चानन बर्माको 157औँ जन्मजयन्ती पालन गरियो। सिलगढी नगरनिगमका मेयर गौतम देव, डेपुटी मेयर रञ्जन सरकार, मेयर परिषद, नगर अधिकारी लगायत अन्यले नौकाघाट मोडमा ठाकुर पञ्चानन बर्माको सालिगमा माल्यार्पण तथा फुल चढाएर श्रद्धाञ्जलि अर्पण गरे। यस अवसरमा मेयर गौतम देवले भने, ठाकुर पञ्चाननको विभिन्न पक्षबारे प्रकाश पारे। ठाकुर पञ्चानन बर्मा कुचबिहारका एकजना राजवंशी नेता, राजनीतिविद्, वकील एवम् समाजसेवक थिए। ठाकुर पञ्चानन, पञ्चानन सरकार तथा राय साहेब नामले तिनी परिचित छन्। तिनले राजवंशी समुदायका मानिसहरूमा ब्राह्मणवादी मूल्य र रीतिरिवाजहरू पुनर्जीवित गर्न क्षत्रिय सभाको स्थापना गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *