सिलगढी मतिगढामा नानी तथा आमाहरूलाई राख्नको लागि तयार गरिएको सेफ होमको उद्घाटन

सिलगढी : सिलगढी मतिगढाको यीशु आश्रममा नानीहरू तथा तिनीहरूको आमालाई राख्नको लागि सेफ होम तयार पारिएको छ। मोठ 30 वटा बेड भएको उक्त सेफ होमको आज विधिवत् रूपमा उद्घाटन गरियो। उद्घाटनको अवसरमा दार्जिलिङका जिल्लाशासक एस पन्नमबलम, सिलगढी नगरनिगमका प्रशासक गौतम देव, दार्जिलिङ जिल्लाका मुख्य स्वास्थ्य अधिकारी तथा उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालका डीन सन्दीप सेनगुप्त लगायत अन्य अधिकारीहरू उपस्थित थिए। कोरोनाको तेस्रो लहर आउने आशंकालाई लिएर नानीहरू तथा तिनीहरूको आमालाई राख्नको लागि उक्त सेफ होम तयार गरिएको बताइएको छ। यसको साथै उक्त सेफ होममा अक्सिजन कन्सेनट्रेटरको पनि व्यवस्था गरिएको छ। जिल्ला प्रशासन र सिनी (चाइल्ड इन नीड)-को पहलमा तथा यीशु आश्रम लगायत विभिन्न संस्थाहरूको सहयोगमा उक्त सेफ होम तयार गरिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusubaywin girişmatadorbet girişcasibomgrandpashabet giriş