सिलगढी : वन विभाग र आरपीएफले रेलबाट पिञ्जरामा राखेका धेरैवटा चराहरू उद्धार गरेको छ भने घटनाबारे दुईजनासित सोधखोज गरिरहेको बताइएको छ। गोप्य सूचनाको आधारमा वन विभाग र आरपीएफले बाघडुग्रा स्टेसनमा अभियान चलाएर कञ्चनजङ्घा एक्सप्रेसबाट पिञ्जरामा राखेका धेरैवटा चराहरू उद्धार गरेको छ। वन विभाग सूत्रले दिएको जानकारी अनुसार कुनै वैध कागजपत्र बिनै उक्त चराहरू लगिरहेको थियो। गोप्य सूचनाको आधारमा खरसाङ वन विभागका एडीएफओ भुपेन विश्वकर्मा र बाघडुग्राका रेञ्जर समिरण राज घटनास्थलमा पुगेर उक्त चराहरू उद्धार गरेको बताइएको छ। आरपीएक सूत्रले दिएको जानकारी अनुसार यस प्रकार पिञ्जरामा राखेर चराहरूलाई ट्रेनमा लैजान पाउँदैन।