सिलगढीमा ट्रेनभित्र लगेर नाबालिकासित दुष्कर्म, आरोपी हैदराबादबाट पक्राउ

सिलगढी: जीआरपी अनि एसओजी सेलले संयुक्त अभियान चलाएर ट्रेनभित्र नाबालिकासित दुष्कर्म गरेको मामिलामा निखोज भएका आरोपीलाई 72 घन्टाको अवधिमा नै हैदराबादबाट पक्राउ गरेको छ। आरोपीको नाम नयन बर्मन (35) हो। उनी पेशाले टोटो चालक हुन् भने मूल रूपले बुनियादपुरका निवासी हुन्। तर कामले गर्दा उनी हतियाडांगामा बस्थे।
जानकारी अनुसार तीन दिन अघि एनजेपी रेलवे स्टेशनको यार्डमा सफाई गर्नका लागि एउटा ट्रेन रोकेको थियो। यस अवधि नयन बर्मनले नाबालिकालाई फकाई- फुस्यािनइँ गरेर ट्रेनभित्र लिएर गए अनि तिनीसित दुष्कर्म गरे। अर्कोतिर, घटना प्रकाशमा आएपछि स्टेशन परिसरमा सनसनी मच्चिएको छ। यसको साथै रेलवेको सुरक्षा व्यवस्थालाई लिएर प्रश्न उठ्न थालेको छ। घटना पछि जीआरपी र एसओजी सेलले त्वरित करवाही शुरू गरेको थियो। यस अवधि आरोपी सिलगढीबाट भागेर हैदराबादमा लुकेको थाहा पाएपछि जीआरपी र एसओजी सेलको एउटा विशेष टीम हैदराबाद प्रस्थान गऱ्यो। यसपछि हिज आरोपीलाई हैदराबादबाट पक्राउ गरेपछि आज बिहान सिलगढी ल्याइपुऱ्याएको छ। पक्रा परेका आरोपी नाबालिकाको पिताको साथी रहेको थाहा लागेको छ। आज आरोपीलाई जलपाईगढी अदालतमा पेश गर्नको साथै विस्तृत जाँचको लागि आरोपीलाई पुलिस हिरासतमा लिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *