सिलगढीमा टायर चोरी गरेको आरोपमा 4 जना पक्राउ

सिलगढी, 23 सितम्बर (निसं): सिलगढीको भक्ति नगर थानाको पुलिसले सादा पोशाकमा टायर चोरी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा पङ्कज तालुकदार (24), अमीरुल इस्लाम (30), राहुल सिकदर (28) र अब्दुल नजरूल (33) सामेल छन्। जानकारी अनुसार प्रणामी मन्दिर रोडस्थित एउटा गोदाममा राखेका नयाँ टायर चोरी भएपछि गत 20 सितम्बर यसबारे भक्ति नगर थानामा लिखित अभियोग दर्ता गरेको थियो। अभियोगको आधारमा मामिलाको जाँच गर्दै भक्ति नगर थाना पुलिसले सादा पोशाकमा 4 जना बदमाशलाई पक्राउ गऱ्यो। यसपछि तिनीहरूसित सोधखोज गरेपछि पुलिसले गत राति मार्केट कम्प्लेक्स भित्रबाट चोरी भएको 30 वटा टायरहरू मध्ये 28 वटा टायर फेला पारेको छ। आज चारै जना आरोपीलाई सिलगढी अदालतमा पेश गऱ्यो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *