सिलगढीमा युवतीलाई बन्धक बनाएर जबर्जस्ती यौन उत्पीडन, आरोपी युवक पक्राउ

सिलगढी, 21 जनवरी (निसं): युवतीलाई बन्धक बनाएर जबर्जस्ती यौन उत्पीडन गरेको एउटा सनसनीपूर्ण मामिला सिलगढीमा सामु आएको छ।
यो घटना सिलगढीको मतिगढा थाना क्षेत्रको हो। उक्त घटनाको आरोपमा महिला थाना पुलिसले आरोपी विशाल साहनीलाई पक्राउ गरेको छ। तिनी मतिगढाको खोलाईबख्त्री इलाका निवासी हुन्।
पुलिस सूत्र अनुसार, विशाल साहनीको 20 वर्षीय युवतीसित मित्रता थियो। उक्त मित्रताको आडमा उक्त युवतीलाई भेट्नका लागि 9 जनवरी मतिगढा इलाकामा बोलाएको आरोप रहेको छ। युवती बोलाएको ठाउँमा पुगेपछि विशालले तिनलाई बन्धक बनाए। यसपछि दुई दिनसम्म युवतीको यौन उत्पीडन गरेको आरोप रहेको छ। तेस्रो दिन युवती आरोपी युवकको चंगुलबाट भाग्न सफल भएपछिगर पुगिन अनि सम्पूर्ण घटनाबारे बताइन्। यसपछि युवतीको परिवार पक्षले 13 जनवरीमा महिला थानामा घटनाबारे लिखित अभियोग दर्ता गरे। यसपछि महिला थाना पुलिसले भागेका आरोपी युवकको कोजी गर्रहेको थियो। अन्तमा मतिगढा खोलाईबख्त्रीबाट आरोपी युवकलाई पक्राउ गरेपछि आज अदालतमा पेश गऱ्यो। महिला थाना पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *