सिलगढी नगरनिगम इलाकामा रेपिड एन्टीजेन टेस्ट आजदेखि शुरू

सिलगढी : सिलगढी नगरनिगमको 4 नम्बर वार्डमा आजदेखि रेपिड एन्टीजेन टेस्ट शुरू भएको छ। नगरनिगमको 4 नम्बर वार्डस्थित नगर प्राथमिक स्वास्थ्य केन्द्रमा उक्त रेपिड एन्टीजेन टेस्टमा वार्डका मानिसहरूको नाकबाट नमूना संग्रह गरेर टेस्ट गरिरहेको छ भने यसको रिपोर्ट 15 देखि 30 मिनटको अवधिमा नै प्राप्त गर्न सक्नेछन्। 4 नम्बर वार्डका केही मानिसहरूको टेस्ट रिपोर्ट पोजेटिभ आएको बताइएको छ। यसबाहेक नेगेटिभ रिपोर्ट आएका कोरोनाको लक्षण देखापरेका मानिसहरूको आरटीपीआरसी-को लागि नमुना पनि संग्रह गरिरहेको छ। अर्कोतिर, जिल्ला प्रशासनका अधिकारीहरूले सिलगढीका विभिन्न बजार कमिटीहरूसित एउटा बैठक गरेर यसै हप्तादेखि सिलगढीका विभिन्न बजारहरूमा रेपिड एन्टीजेन टेस्ट शुरू गरिने भएको छ। भोलि सिलगढी सहरको एउटा बजारमा व्यवसायी लगायत स्थानीय मानिसहरूको रेपिड एन्टीजेन टेस्ट गरिने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibomjojobet