सिलगढी नगरनिगमद्वारा महात्मा गाँधी जयन्ती पालन

सिलगढी :  सिलगढी नगरनिगमको तर्फबाट आज महात्मा गाँधी जन्मजयन्ती पालन गरियो। सिलगढीको मुख्य डाकघर अघि एउटा कार्यक्रमको माध्यमद्वारा अशोक भट्टाचार्यले महात्मा गाँधीको तस्विरमा फुल माला चढाएर श्रद्धाञ्जलि अर्पण गरे। यसको साथै प्रशासक बोर्डका सदस्यहरू शङ्कर घोष, राम भजन महतो, शरदिन्दु चक्रवर्ती लगायत सहरका शीर्ष व्यक्तिहरूले गाँधीजीको प्रतिकृतिमा फुल माला चढाएर श्रद्धा सुमन अर्पण गरे। यस अवसरमा सिलगढी नगरनिगमको प्रशासक बोर्डका चेयरम्यान अशोक भट्टाचार्यले महात्मा गाँधीको आदर्श नीतिलाई पालन गर्ने सबैसित आहवान गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *