सिलगढी नगर निगम विरूद्ध सीपीआईएम-को विरोध प्रदर्शन

सिलगढी (निसं): दार्जीलिङ जिल्ला सीपीआईएम-ले बुधबार अपरान्ह सिलगढी नगर निगम विरूद्ध विरोध प्रदर्शन गऱ्यो। दार्जीलिङ जिल्ला कमिटीले यस अवसरमा सिलगढी नगर निगमद्वारा उचित नागरिक सेवा प्रदान गर्नु पर्ने, कानून-व्यवस्थामा सुधार साथै मानिसहरूका समस्याहरूको समाधान गरिनु पर्ने मागलाई लिएर यहाँको हाशमी चौकमा धरना दिए। यस अवधि वाम नेता अशोक भट्टाचार्य सहित विभिन्न वार्डका वाम पार्षद तथा अन्यहरू उपस्थित थिए।


यस अवधि अशोक भट्टाचार्यले भने, राज्य सरकारले मानिसहरूलाई प्रताडित गरिरहेको छ। आजको विरोध कार्यक्रम सिलगढी नगर निगम अनि राज्य सरकारको विफलता विरूद्ध रहेको तिनले बताए।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *