सिलगढी नगर निगमलाई आर्थिक सहायता प्रदान गर्न चाहन्छन् विधायक शंकर घोष, निगमको कमिश्नरलाई सुम्पिए पत्र

सिलगढी (निसं): सिलगढीका विधायक शंकर घोष नगर निगमलाई आर्थिक सहायता प्रदान गर्न चाहन्छन्। तिनले आफ्नो विधायक कोषको रुपियाँ सिलगढी नगर निगमलाई सुम्पन चाहन्छन्। यसैले गर्दा विधायक शंकर घोषले नगर निगमको कमिश्नरलाई पत्र दिएर यसको अनुमति मागेका छन्।


जानकारी अनुसार, सिलगढीका विधायक शहरको विकासको लागि विधायक कोषको रुपियाँ निगमलाई सुम्पन चाहन्छन्। विशेष गरेर, ट्राफिक जाम सिलगढी शहरको एक प्रमुख समस्या हो। विधायक यातायात भिडको समस्या समाधान गर्नको लागि उच्च गुणवत्ता भएको पार्किङ निर्माण गर्नको लागि वित्तीय सहायता प्रदान गर्न चाहन्छन्। यसैले विधायकले मंगलवार नगर निगमको कमिश्नरलाई पत्र सुम्पिएको छ। मेयरको जवाब पाउन साथ शंकर घोषले विधायक कोषको रुपियाँ मेयरलाई सुम्पिदिने छन्।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO