सिलगढी नगरनिगम चुनाउ: भाजपाले जारी गर्यो संकल्प पत्र

सिलगढी : सिलगढी नगरनिगम चुनाउलाई लिएर आज भाजपाको संकल्प पत्र भाजपा सांसद राजु विष्टले विमोचन गरे। यस अवधि सांसद राजु विष्टले भने, भाजपाको यो मेनिफेस्टो नभएर संकल्प पत्र हो। भाजपाले साधारण मानिसहरूसित गरेको वाचालाई पुरा गर्नको लागि संकल्प लिने गर्दछ। यसपल्टको नगरनिगम चुनाउमा भाजपाले साधारण मानिसहरूको दैनिक समस्यालाई चुनावी मुद्दा बनाएको छ भने भाजपाले ती समस्याहरू आफ्नो संकल्प पत्रमा सामेल गरेर त्यसको समाधान गर्नको लागि एउटा कमिटी बनाउने भएको छ। यहीँ कमिटीले संकल्प पत्रमा गरिएको वाचाहरूको निरीक्षण पनि गर्ने तिनले बताए। भाजपाको संकल्प पत्रमा सिलगढीलाई ग्रोथ इञ्जन बनाउने लक्ष्य राखेको छ भने नर्थ बंगालको विकासको लागि सिलगढी ग्रोथ इञ्जन हुने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *