सिलगढी नगरनिगमद्वारा विश्व पर्यावरण दिवस पालन

सिलगढी : विश्व पर्यावरण दिवसको अवसरमा आज नगरनिगमको तर्फबाट सिलगढीको सूर्यसेन पार्क परिसरमा वृक्षारोपण गरेर पर्यावरण दिवस पालन गरियो। यसको साथै सहरको विभिन्न ठाउँमा पनि रुखका विरुवाहरू रोपियो। सिलगढी नगरनिगमका मेयर गौतम देव, डेपुटी मेयर रञ्जन सरकार, चेयरम्यान प्रतुल चक्रवर्ती, नगरनिगमका काउन्सिलर सोनम वाङ्दी भुटिया लगायत अन्यले रुखका विरुवाहरू रोपे।


यसको साथै सिलगढी सहरलाई प्लास्टिकमुक्त सहर बनाउने लक्ष्य राखेर थर्मकल, प्लास्टिकको व्यवहार नगर्ने शपथ लिँदै तिनीहरूले यसको प्रयोग नगर्ने सबैसित अपील पनि गरे। यस अवसरमा रञ्जन सरकारले भने, आज विश्व पर्यावरण दिवसको उपलक्ष्यमा सिलगढी सहरलाई हरियालीयुक्त बनाउने लक्ष्य राखेर सहरको विभिन्न ठाउँमा रुखका विरुवाहरू रोपियो।   


Leave a Reply

Your email address will not be published. Required fields are marked *