सिलगढी नगरनिगमद्वारा थप 5 वटा पिउने पानीको ट्याङ्कर उद्घाटन

सिलगढी : साधारण मानिसहरूको मागलाई ध्यानमा राखेर सिलगढी नगरनिगमको पिउने पानीको ट्याङ्करको संख्या बढाइएको छ। नगरनिगममा पहिला 18 वटा पानीको ट्याङ्कर थियो। हाल सिलगढी नगरनिगमले सामाजिक आयोजनाहरूमा पानीको ट्याङ्करको संख्या बढ़ाउने निर्णय लिएको छ। यसै निर्णय अनुसार नगरनिगमको तर्फबाट 11 लाख रुपियाँको लागतमा 5 वटा पानीको ट्याङ्कर बढाएर मोठ 23 वटा पानीको ट्याङ्करले सहरवासीलाई सेवा प्रदान गर्नेछ। सिलगढीको बाघाजतिन पार्कमा आज एउटा कार्यक्रमबीच हरियो झन्डा देखाएर मेयर गौतम देवले उक्त पानीको ट्याङ्करको उद्घाटन गरे। यस अवसरमा नगरनिगमका कमिश्नर सोनम वाङ्गदी भुटिया, कन्जर्भेन्सी विभागका मेयर परिषद माणिक दे, मेयर परिषद दुलाल दत्त लगायत अन्य मेयर पार्षद तथा अधिकारीहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *