सिलगढ़ी नगर निगम कर्मचारी सङ्गठनद्वारा मेयरलाई ज्ञापन

सिलगढ़ी : सिलगढ़ी नगर निगम कर्मचारी सङ्गठनको तर्फबाट आज विभिन्न मागहरूलाई लिएर मेयर अशोक भट्टाचार्यलाई एउटा ज्ञापन सुम्पिइयो। आज बिहान नगर निगम कर्मचारी सङ्गठनका सदस्यहरू भेला भएर आफुहरूको विविध समस्याबारेमा मेयरलाई अवगत गराउनको साथै तिनलाई एउटा लिखित ज्ञापन दिए। सिलगढ़ी नगर निगम कर्मचारी सङ्गठनका सदस्य जीवन लालले पत्रकारहरूलाई दिएको जानकारी अनुसार मेयरलाई आज सुम्पिएको ज्ञापन पत्रमा तीनवटा माग रहेको छ। यी मागहरूमा नगर निगम कर्मचारीहरूको वेतन वृद्धि, ग्रुप डी पदहरूमा नयाँ नियुक्ति अनि रिक्त रहेको प्रमोशन पदहरूमा चाँड़ै कर्मचारी नियुक्त गरिनु पर्ने सामेल रहेको छ। अर्कोतिर, आगामी 28 फरवरीमा सम्पन्न हुने नगर निगमको बोर्ड मिटिङमा यी मागहरूबारे चर्चा गरेर त्यसको समाधान गरिने मेयरले आश्वासन दिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibom