सिलगढी नगर निगमका सफाई कर्मीहरूलाई सम्मानित

सिलगढी: राउन्ड टेबल इन्डिया र लेडिज सर्कल इन्डियाले क्लीन इन्डिया ग्रीन इन्डिया कार्यक्रम शुरू गरेको छ। आज यस कार्यक्रम अन्तर्गत सिलगढीको 10 नम्बर वार्ड अन्तर्गत सूर्य सेन पार्कमा नगर निगमको कञ्जनभेन्सी वर्कर अनि सफाई कर्मीहरूलाई सम्मानित गरियो। यसको साथै तिनीहरूलाई वस्त्र अनि खाद्य सामाग्रीहरू पनि प्रदान गरियो। यसबारे राउन्ड टेबल इन्डियाका सदस्य उत्सव मित्तलले बताए अनुसार सहरलाई साफ-सुग्घर राख्ने कर्मचारीहरूको मनोबल बढाउनको लागि उक्त पहल गरिएको हो।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *