सिलगढी नगरनिगमको बोर्ड मीटिङबाट वकआउट गरे सीपीएम काउन्सिलरहरूले

सिलगढी : सिलगढी नगरनिगमको बोर्ड मीटिङबाट सीपीएम काउन्सिलरहरूले वकआउट गरे। आज सिलगढी नगरनिगमको बोर्ड मीटिङ चलिरहेको समय वाम काउन्सिलरहरूसित तृणमूल बोर्डको विवाद शुरू भयो। यसपछि सीपीएम काउन्सिलरहरूले बोर्ड मीटिङबाट वकआउट गरे। सिलगढीको 19 नम्बर वार्डका सीपीएम काउन्सिलर मौसुमी हाजराले मीटिङमा एउटा प्रस्ताव पेश गरिन्। तिनले आशाकर्मीहरूको लागि मातृत्वकालीन छुट्टीको माग गर्दै मीटिङमा प्रस्ताव पेश गरिन्। यो राज्य सरकारको निर्णयमा पर्ने भएकोले गर्दा यसमा नगरनिगमको कुनै भूमिका छैन भन्दै चेयरम्यान प्रतुल चक्रवर्ती र मेयर गौतम देवले बताए। उक्त प्रस्ताव आज स्वीकार गरिएन। यसपछि सीपीएम काउन्सिलरहरूले नगरनिगमको भूमिकाबारे क्षोभ प्रकट गरे। बोर्ड मीटिङमै सीपीएम काउन्सिलर र तृणमूल काउन्सिलरहरूमाझ विवाद शुरू भएपछि सीपीएम काउन्सिलरहरूले बोर्ड मीटिङबाट वकआउट गरे। आजको बोर्ड मीटिङमा विरोधी पार्टीले सहरको अवैध निर्माण, पिउने पानीको समस्याबारे प्रश्न गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO