सिलगढी नगरनिगमको नयाँ भवनको मेयर गौतम देवले गरे उद्घाटन

सिलगढी : सिलगढी नगरनिगमको नयाँ भवनको आज मेयर गौतम देवले उद्घाटन गरे। समय सँगसँगै सिलगढी नगरनिगममा कर्मचारीहरूको संख्या बढेको छ। उन्नत प्रौद्योगिकीको कारण नगरनिगमको पहिलाको भवनमा काम गर्न अधिकारी तथा कर्मचारीहरूलाई असुविधा भइरहेको थियो। यसैले विगत नगर बोर्डले यस असुविधालाई ध्यानमा राखेर एउटा नयाँ भवनको निर्माण गर्ने निर्णय लिएको थियो। यसै अन्तर्गत जी प्लस वान बिल्डिङको काम शुरू भएको थियो। तर पछि तृणमूलको बोर्ड गठन भएपछि उक्त बिल्डिङलाई जी प्लस 4 बनाउने पहल गर्यो। ​​राज्य सरकारले अनुमति दिएपछि नयाँ भवनको काम शुरू भयो। मेयर गौतम देवले आज उक्त नयाँ भवनको विधिवत् उद्घाटन गरे। यस अवसरमा डेपुटी मेयर रञ्जन सरकार, नगरनिगम कमिश्नर सोनम वाङ्ग्दी भुटिया लगायत अन्य मेयर परिषद तथा पार्षदहरू उपस्थित थिए। मेयर गौतम देवले भने, दुर्गा पुजापछि नयाँ भवनमा केही काम शुरू गरिनेछ। पछि भवनको कार्य पुरा भएपछि सबै कामहरू नयाँ भवनमा नै गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom girişcasibom girişCasibom Girişcasibomcasibomcasibom 780JOJOBETjojobetgirişi jojobetjojobet giriş