सिलगढी नगरनिगमको तर्फबाट काजी नजरूल ईस्लामको 123औँ जन्मजयन्ती पालन

सिलगढी : सिलगढी नगरनिगमको तर्फबाट आज विद्रोही कवि काजी नजरूल ईस्लामको 123औँ जन्मजयन्ती पालन गरियो। सिलगढीको पाकुरतला मोडमा आज एउटा सानो कार्यक्रमको आयोजना गरियो। मेयर गौतम देवले कवि काजी नजरूल ईस्लामको सालिगमा माल्यार्पण गरेर तिनलाई श्रद्धाञ्जलि अर्पण गरे। यस अवसरमा डेपुटी मेयर रञ्जन सरकार, चेयरम्यान प्रतुल चक्रवर्ती, मेयर परिषद् तथा काउन्सिलरहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *