सिलगढी नगरनिगममा भीडियो कन्फ्रेन्स हलको उद्घाटन

सिलगढी: सिलगढी नगर निगममा भीडियो कन्फ्रेन्स हलको आज प्रशासक गौतम देवले उद्घाटन गरे। यस अवसरमा प्रशासनिक बोर्डका सदस्य रञ्जन सरकार, सिलगढी नगरनिगमका कमिश्नर सोनम वाङ्ग्दी भुटियासहित अन्य अधिकारीहरू उपस्थित थिए। गौतम देवले बताए अनुसार भीडियो कन्फ्रेन्स हल हाल अस्थायी रूपमा बनाइएको छ तर पछि यस भीडियो कन्फ्रेन्स हललाई नयाँ भवनमा स्थानान्तरित गरिनेछ। तिनले भने, वर्तमान आधुनिक युगमा भीडियो कन्फ्रेन्स हलको खाँचो छ। यसले समयको बर्बादी पनि कम हुन्छ। यसको साथै नगर निगमको 5 बोरोलाई पनि यससित जोडिनेछ अनि सबै बैठक यसैमार्फत गरिने छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *