सिलगढी नगरपालिकाको पुस्तकालय भवनमा आगलागी

सिलगढी, 1 मार्चः सिलगढी नगरपालिका पुस्तकालय भवनको छतमा मैला-कुचैलाको थुप्रोमा आगलागी हुँदा सनसनी मच्चियो। जनकारी अनुसार, शनिबार बिहान अचानक भवनको छतबाट धुँवा बाहिर निस्किरहेको देखेपछि नगरपालिकाका कर्मचारीहरूले त्यहाँ गएर हेर्दा आगो लागेको देखे। यसपछि तत्कालै घटनाबारे दमकल विभागलाई खबर दिइयो। खबर पाएर दमकलको एउटा इञ्जिन घटनास्थलमा पुगेर आगोलाई पूर्ण नियन्त्रणमा ल्यायो।
यसैले गर्दा उक्त आगलागीको घटनामा कुनै प्रकारको ठूलो क्षति नभएको नगरपालिका अधिकारीहरूले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *