सिलगढी शहरलाई हरियाली बनाउन हजारौं रूखका विरूवाहरू लगाइने

सिलगढी (निसं): नगर निगमले सिलगढी शहरलाई हरियाली बनाउने उद्देश्य लिएर शहरभरिमा हजारौं रूखका विरूवाहरू लगाउने भएको छ। विरूवा रोप्ने प्रक्रिया आगामी 8 जुलाईको दिन सेभोक रोडबाट शुरू गरिने छ। यसबारे आज सिलगढीका मेयर गौतम देवले जानकारी दिएका छन्।
मेयर गौतम देवले शुक्रबार सिलगढी नगर निगममा वन विभागको बागवानी विभागका अधिकारीसित एउटा महत्वपूर्ण बैठक गरे। बैठकमा शहरका विभिन्न ठाउँमा विविध प्रजातिका रूखका विरूवाहरू लगाइने विषयमा चर्चा गरियो। बैठकपछि मेयरले पत्रकारहरूलाई बताए अनुसार 8 जुलाईदेखि शहरमा रूखका विरूवाहरू रोप्ने कार्य शुरू गरिने छ। यसको साथै ती विरूवाहरूको राम्ररी हेरचाह पनि गरिने छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

MARScasibomcasibom girişCasibom Bonuscasibom mobil girişhttps://www.cellerini.it/girişcasibom girişcasibomcasibom girişbahsegelmarsbahiscasibom resmi girişcasibom