सिलगढी (निसं): सिलगढी नगर निगमको अतिक्रमण विरूद्ध अभियान लगातार जारी रहेको छ। यसैबीच आज सिलगढी सहरको भेनस मोडदेखि कोर्ट मोडसम्म फेरि नगर निगमले अतिक्रमण विरूद्ध अभियान चलाउँदै अवैध निर्माणहरूलाई खाली गरिदिएको छ। आज नगर निगमका कर्मचारीहरूले सडक अनि फुटपाथलाई दखल मुक्त गर्नको साथै अवैध निर्माणलाई हटाइदिएको छ। अर्कोतिर, कुनै नोटिस नदिइ नगर निगमले अभियान चलाएको बताउँदै व्यवसायीहरूले आक्रोश व्यक्त गरेका छन्।