सिलगढी शहरमा चोरहरूको आतङ्क, ग्यारेजको पटाइ काटेर चोरी

सिलगढी, 7 फरवरी (निसं): सिलगढी शहरको जलपाइमोड क्षेत्रमा चोरी घटनाको अनौठो मामिला प्रकाशमा आएको छ। यहाँको एउटा ग्यारेजमा चोरहरूले भुइँको पटाइ काटेर चोरी गरे। ग्यारेज मालिक दिलीप साहनीले बताए अनुसार, आज बिहान उनले आफ्नो पसल खोलेर हेर्दा उनी अचम्मित भए, किनकि चोरहरूले चलाकीको साथ टेबल नजिकको भुइँको पटाइ काटेर भित्र पसेर चोरी गरेको थाहा पाए। चोरहरूले गाडी बनाउनका लागि राखिएका सबै मोटर पार्टसहरू चोरेर लगे। घटनाको जानकारी पाएपछि सिलगढी पुलिसले घटनास्थलमा पुगेर जाँच शुरू गरेको छ। शहर र यसको वरिपरी भइरहेका चोरीका घटनाहरूले व्यापारीहरूलाई चिन्तित बनाएका छन्। पसल मालिकले जलपाइमोडस्थित ट्राफिक पुलिससित सीसीटीभी फुटेज बारेमा सोद्धा, त्यहाँको क्यामेरा बिग्रिएको बताए। शहरमा यस्ता घटनाहरू क्रमश: बढ्दै गएका छन्, जसले व्यापारीहरूमा असुरक्षाको भावना बढ्दै गइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişcasino siteleriDeneme BonuslarOnwinbahsegel girişholiganbetonwingrandpasha girişcasibom girişistanbul escortextrabetescort beylikdüzücasibomistanbul escortcasibom girişpusulabetdeneme bonusu veren sitelercasibomimajbet giriş