सिलगढी : भाजपा विधायक तथा जिल्लाध्यक्ष आनन्दमय बर्मनविरुद्ध सिलगढीको हासमी चौकमा टाँसिएको पोस्टरहरूलाई लिएर सहरमा सनसनी फैलिएको छ। सिलगढीको हासमी चौकमा टाँसिएको पोस्टरहरूमा तिनी पार्टीमा ‘एकनायकतन्त्र‘ हुन्। तिनलाई हटाएर भाजपालाई बचाउने, भाजपाका युवा नेता सौरभ सरकारलाई युवा अध्यक्ष बनाउनुपर्ने माग गरिएको छ। भाजपाका केही असन्तुष्ट कार्यकर्ताहरूले उक्त पोस्टर टाँसेको हुनसक्ने राजनैतिक विश्लेषकहरूले अड्कल लगाएका छन्। यस सम्बन्धमा जिल्ला भाजपा अध्यक्ष आनन्दमय बर्मनले भने, महकुमा परिषद चुनाउ अघि तृणमूल कङ्ग्रेसले यस प्रकारको कार्य गरिरहेको हो। भाजपा पार्टीमा तानाशाही नरहेको तिनले दावी गरेका छन्। अर्कोतिर, तृणमूल जिल्ला प्रवक्ता वेदब्रत दत्तले यसको उल्टै जवाफ दिँदै भने, भाजपा जिल्ला अध्यक्षले पहिला यो पत्तो लगाउन आवश्यक छ कि सहरमा कसले यस प्रकारको पोस्टर टाँसेका हुन्। तृणमूल कङ्ग्रेसले यस प्रकारको कार्य नगरेको तिनले बताएका छन्।
