सिलगढी : भारतीय जनता पार्टीको स्थापना दिवसको अवसरमा आगामी 14 अप्रेलसम्म देशभरिमै भाजपा-द्वारा सेवा सप्ताह पालन गरिरहेको छ। यसै क्रममा आज सिलगढी सांगठनिक जिल्ला भाजपाको तर्फबाट गोसाईपुर संलग्न चन्डालजोत प्राथमिक विद्यालयको मैदानमा निःशुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरियो। उक्त शिविरमा धेरैजना मानिसहरूले आफ्नो स्वास्थ्य जाँच गर्नको साथै तिनीहरूलाई निःशुल्क औषधि पनि वितरण गरियो। यस अवसरमा सिलगढी सांगठनिक जिल्ला भाजपा सभापति आनन्दमय बर्मन, जिल्ला सचिवा लक्ष्मी शर्मा, सजल कान्ति सरकार लगायत अन्य उपस्थित थिए।
