सिलगढी : सिलगढी सूर्यनगर फ्रेन्ड्स युनियनको तर्फबाट मान्तु भट्टाचार्य मेमोरियल च्याम्पियन एन्ड रनर्स स्टेट र्याङ्किङ टेबल टेनिस टुर्नामेन्ट 2022 -को आयोजना गरियो। कोरोना महामारीपछि फेरि टेबल टेनिस टुर्नामेन्ट सूर्यनगर क्लबमा आयोजित गरियो। आजदेखि शुरू भएको उक्त प्रतियोगिता आगामी 7 अगस्तसम्म चल्नेछ भने उक्त प्रतियोगिता मोठ 6 विभागमा खेलाइनेछ। यस प्रतियोगितामा उत्तर बंगालको विभिन्न ठाउँहरूबाट 400 जना प्रतियोगीहरूले अंश ग्रहण गरेका छन्। उक्त प्रतियोगिता प्रत्येक दिन बिहान 9.30 बजीदेखि राति 9.30 बजीसम्म चल्नेछ। क्लबका सचिव मदन भट्टाचार्यले बताएअनुसार यस कोचिङ क्याम्पबाट धेरैजना उत्कृष्ट खेलाडीहरू जन्मिसकेका छन् भने भविष्यमा पनि अझ धेरै खेलाडीहरू जन्मिने आशा व्यक्त गरे। उक्त प्रतियोगितामा उत्तर बंगालको विभिन्न ठाउँका धेरैजना खेलाडीहरूले अंश ग्रहण गरेका छन्।
