सिलगढी : सिलगढी टाइम्सको आयोजनामा आज मेगा रक्तदान शिविरको आयोजना गरियो। सिलगढीको वर्द्धमान रोडस्थित हेरिटेज हस्पिटल नजिक द्वारिका टावरमा आज बिहान 9 बजीदेखि मेघा रक्तदान शिविरको आयोजना गरियो। उक्त रक्तदान शिविरमा सहरका विभिन्न संस्था तथा व्यवसायी संगठनले सहभागिता जनायो। उक्त शिविरमा कलेजका विद्यार्थीहरू, सडकमा आवतजावत गर्ने मानिसहरू लगायत अन्य धेरैजनाले स्वेच्छाले रक्तदान गरे भने शिविरमा मोठ 227 युनिट रगत संग्रह गरियो।
