सिलगढी : सिलगढी सहर संलग्न डाबग्राम 2 अञ्चलको थारोघाटी पुल नजिक नेपाली बस्ती इलाकामा बाइसनले व्यापक ताण्डव मच्चायो। प्राप्त जानकारी अनुसार आज बिहान स्थानीय मानिसहरूले इलाकामा बाइसन देखेपछि यसबारे वन विभागलाई खबर दिए। घटनाको खबर पाएर बैकुण्ठपुर डिभीजनको डाबग्राम रेञ्जका वनकर्मीहरू घटनास्थलमा पुगेर बाइसनको खोजी गरिरहेको छ। वन विभागद्वारा माइकिङको माध्यमद्वारा मानिसहरूलाई सतर्क गरियो। हालसम्म उक्त बाइसन उद्धार गरिएको छैन।
