सिलगढीको मतिगढास्थित सपिङ मलको पार्किङमा राखेका वाहनहरू तोडफोड गरेर चोरी

सिलगढी : सिलगढीको मतिगढास्थित एउटा सपिङ मलको पार्किङ एरियामा पार्क गरिएको केही वाहनहरूको शिशा फुटाएर बदमासहरूले लाखौँ रुपियाँको समान चोरी गरेर चम्पट कसेको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारी अनुसार मलको पार्किङ एरियामा वाहन पार्क गर्नको लागि रुपियाँ लिने गर्दछ। मानिसहरू पनि त्यहाँ वाहन पार्क गरेर निश्चिन्त भएर सपिङ गर्न जाने गर्दछन्। तर सुरक्षाको नाममा रुपियाँ लिए तापनि सुरक्षा व्यवस्था भने छैन। बदमासहरूले सजिलै प्रकारले चोरी गरेर चम्पट कस्ने गरे तापनि यसबारे कसैलाई केही थाहा नै छैन। गत साँझ सिलगढीको चर्चित सपिङ मलको पार्किङ एरियामा राखिएको केही वाहनहरूको खिड्कीको शिशा फुटाएर ल्यापटप, क्यामारा जस्ता समानहरू चोरी गरेर बदमाशहरूले चम्पट कसेको बताइएको छ। तर घटनाबारे कसैले केही थाहा नै पाएनन्। अर्कोतिर, घटनाको खबर पाएर मतिगढा थाना पुलिस घटनास्थलमा पुगेर त्यहाँ जडान गरिएको सीसीटीभी फुटेज हेर्दा नकाब लगाएका केही बदमासहरूले उक्त घटनालाई अन्जाम दिएको थाहा पाए। यसपछि पुलिसले सीसीटीभी फुटेजको आधारमा जाँच शुरू गरेको छ। घटनाको विषयमा शाहिल जमाल नाम गरेका एकजना व्यक्तिले भने, उत्तर प्रदेशबाट आफ्ना परिवारको साथमा सिलगढी घुम्न आएका थिए। गत साँझ सपिङ गर्नको लागि मतिगढास्थित एउटा सपिङ मलमा गएका थिए। मलको पार्किङ एरियामा वाहन पार्क गरेर सपिङ गर्न गएपछि फर्केर आउँदा वाहनको खिड्की शिशा फुटेको अवस्थामा रहेको अनि वाहनमा राखेको बहुमूल्य समानहरू चोरी भएको थाहा पाए। मलका सुरक्षा कर्मीहरूबाट यसबारे जानकारी लिन खोज्दा तिनीहरूले केही भन्न सकेनन्। वाहनको शिशा फुटाएर वाहनभित्रबाट समानहरू चोरी गरेर लगेको बारे सुरक्षा कर्मीहरूले थाहा नपाएको विषयलाई लिएर प्रश्न चिन्ह खडा भएको छ। अन्ततः लापर्वाही कहाँ भएको छ?


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO