सिमानाको काँढे तार काटेर गाई-गोरू तस्करी गर्ने प्रयास, बीएसएफ-ले चलाएको गोली लागेर तस्करको मृत्यु

फाँसीदेवा: सिमानाको काँढे तार काटेर गाई-गोरू तस्करी गर्ने प्रयास गर्दा बीएसएफ-ले चलाएको गोली लागेर एकजना तस्करको मृत्यु भएको छ। उक्त घटनाले फाँसीदेवाको भारत-बङ्ग्लादेश सिमानाको कलमगछ इलाकामा सनसनी मच्चियो। सूत्रले दिएको जानकारी अनुसार एकजना बङ्ग्लादेशी युवकले भारतबाट बङ्ग्लादेशमा लैजानको लागि सिमानाको काँढे तार काटेर गाई-गोरू तस्करी गर्ने प्रयास गरिरहेको थियो। यसपछि बीएसएफले चलाएको गोली लागेर उक्त तस्करको मृत्यु भएको बताइएको छ। घटनास्थलबाट एउटा गाई उद्धार गरेको छ। बीएसएफका अधिकारीहरूले घटनाबारे फाँसीदेवा पुलिसलाई खबर दिएपछि पुलिस घटनास्थलमा पुगेर शव उद्धार गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom girişcasibom girişCasibom Girişcasibomcasibomcasibom 780JOJOBETjojobetgirişi jojobetjojobet giriş