फाँसीदेवा: बीएसएफले भारत-बङ्ग्लादेश सीमामा सीमावर्ती विद्यार्थीहरूलाई कम्प्युटर शिक्षा दिने उद्देश्य लिएर कम्प्युटर प्रशिक्षण केन्द्रको उद्घाटन गरियो। फाँसीदेवामा भारत-बङ्ग्लादेश सीमामा बीएसएफ-को 176औँ बटालियनको पहलमा तथा एनआरएल संस्थाको सहयोगमा उक्त कम्प्युटर प्रशिक्षण केन्द्रको उद्घाटन गरियो। बीएसएफ नर्थ बंगाल फ्रन्टियरका आईजी अजय सिंहले आज उक्त कम्प्युटर प्रशिक्षण केन्द्रको उद्घाटन गरे। यस अवसरमा बीएसएफ-को 176औँ बटालियनका अधिकारी सुरेन्द्र सिंह सिपाही, सिलगढी महकुमा परिषदका अधिकारी आइनुल हक, फाँसीदेवाका बीडीओ सञ्जु गुहा मजुमदार, फाँसीदेवाका अध्यक्ष रीना एक्का सहित अन्य उपस्थित थिए। आईजी अजय सिंहले बताएअनुसार आवश्यकमन्द विद्यार्थीहरूलाई कम्प्युटरको माध्यमद्वारा शिक्षित बनाउने उद्देश्य लिएर उक्त पहल गरिएको हो। हाल 5 वटा कम्प्युटरको माध्यमद्वारा प्रशिक्षण शुरू गरिएको छ भने आगामी दिनमा अझै कम्प्युटरको व्यवस्था गरेर विद्यार्थीहरूलाई प्रशिक्षण दिइनेछ।
