सिङताम रामलाल धुराका 12 परिवार गोरामुमोमा सामेल

दार्जिलिङ: गोरामुमो दार्जिलिङ ब्राञ्च कमिटी अन्तर्गत सिंहमारी टकभर समष्टिको सिङताम रामलाल धुराबाट 12 परिवार गोरामुमोमा सामेल भएका छन्। दार्जिलिङ ब्राञ्च अध्यक्ष अजय एड्वर्डको चौरास्तास्थित कार्यालयमा बसेको साङ्ठनिक सभामा नवीन राईको नेतृत्वमा आज 12 घर परिवारले गोरामुमोलाई समर्थन जनाए। गोरामुमो ब्राञ्च अध्यक्ष अजय एड्वर्ड्ले खदा लगाइ दिएर तिनीहरूलाई स्वागत जनाउँदै दलीय झण्डा प्रदान गरे। गोरामुमोको राजनैतिक सिद्धान्त अनि कार्यप्रणालीलाई देखेर गोरामुमोमा सामेल भएको नवीन राईले पत्रकारहरूलाई बताए। तिनले अझ भने, वर्तमान समयमा ब्राञ्च अध्यक्ष अजय एड्वर्ड्ले अतिनै राम्रो कामहरू गर्दै आइरहेको छ। यसको साथै गोरामुमो अध्यक्ष मन घिसिङले इमान्दारीपूर्वक जाति र माटोको निम्ति जुन भुमिका निभाउँदैछ, त्यो अतिनै राम्रो रहेकोले तिनको कार्यप्रणाली देखेर नै हामी गोरामुमोमा सामेल भएका हौं । हामी कुनै लोभ लालचमा परेर होइन तर जाति र माटोको उन्मुक्तिको निम्ति अघि आएका हौं।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/jojobetcasibomCasibomCasibom GirişCasibomcasibomcasibomcasibomcasibom girişCasibomCasibom Giriş