मङ्पु: सिन्कोना बगानको थाँतीमा रहेका रिक्त पदहरुमा अब चाँड़ै पदोन्नति प्रक्रिया शुरु गर्ने भएको छ। गत केही बर्ष अघिदेखि ग्रुप सी, ग्रुप बी अनि अफिस हेड क्लरकहरूको पदहरु रिक्त रहेको थियो भने बगान फिल्डको पनि अनेकौ पदहरुमा पदोन्नति गर्न विलम्ब भइरहेको थियो। नियुक्त अनि पदोन्नति समिति सिन्कोना बगान अध्यक्ष अनि पश्चिम बंगाल राज्य कर्मचारी संगठन सिन्कोना केन्द्रीय कमिटी माझ स्थानीय कुलैन कारखाना कार्यालयमा भएको आजको बैठकमा कर्मचारीहरुले भोग्न परिरहेका विभिन्न समस्याबारे गहन बहस गरियो। सिन्कोना बगानको कार्यालय अनि फिल्डको रिक्त पदहरुमा यथाशीध्र पदोन्नति प्रक्रिय शुरु गर्नु पर्ने, पदोन्नति ग्रहण गरेर सिन्कोना बगानको विभिन्न विभागमा कार्यरत गरिरहेका कार्यालय अनि फिल्ड कर्मचारीहरूलाई यदि आफ्नै विभागमा रिक्त पदहरु भए उक्त कर्मचारीहरुलाई आफ्नै विभागमा स्थान्तरण गरिनु पर्ने, पश्चिम बंगाल राज्य सरकार, वित्त विभागद्धारा जारी गरिएको आदेश नम्बर 9145-F (पी) दिनाङ्क 9 नोभेम्बर 2012 को आध्यादेशलाई सिन्कोना बगानमा 1 जुलाई 2021 देखि लागू गरिएको कन्भेशनल विरुद्ध आदेशलाई एफपीआई विभाग कलकत्ताबाट कुनै निष्कर्ष नआएसम्मको निम्ति उक्त आदेशलाई सिन्कोना बगानमा स्थगित गरिनु पर्ने, कर्मचारीहरूको आठ बर्षे केरियर बेनिफिट यथाशीध्र दिएर उक्त कर्मचारीहरुलाई माथिल्लो वेतन स्केलमा लैजानु पर्ने, सिन्कोना बगानमा नियुक्ति अनि पदोन्नति समितिमा पश्चिम बंगाल राज्य कर्मचारी महासंघको एक सदस्यलाई उक्त कमिटीमा समावेश गरिनु पर्ने आदि जस्ता बिषयमा चर्चा भएपछि नियुक्त अनि पदोन्नति समिति कमिटी अध्यक्षले उक्त बिषयलाई यथाशीध्र उच्च अधिकारी समक्ष पेश गरेर चाँडोभन्दा चाँडो कार्यालय अनि फिल्डको रिक्त पदहरुमा पदोन्नति प्रक्रिया शुरु गर्ने संघप्रति प्रतिबद्धता जनाए। आजको बैठकमा तृणमूल पार्टी कालेबुड जिल्ला खण्ड दुईको युवा सभापति सरोज तामाड, कर्मचारी संयोजक टेकेन्द्र राई सभापति, किसान राई सचिव, सेवन सुब्बा सहसचिव, दिप थापा संगठानिक सचिव, हिर्देन खड्का मंग्पु जोनबाट सुरज राई, सानु भट्टाराई, राजु मुखिया, ओम थापा श्रमिक संगठन मङपु युनिटबाट सचिव, पावल प्रधान अनि केन्द्रीय प्रवक्ता बिकास खम्बु, मेघबहादुर राई, कृष्ण कुमार छेत्री, सोनाम शेर्पा, नेत्रबहादुर कामी, पीटी फिपन, नीमु शेर्पा, समन राई, सञ्जय तामाङ आदि उपस्थित थिए।
