शिशु तस्करी गर्ने प्रयास गरेको आरोपमा 2 जना महिला हिरासतमा, 3 जना शिशु उद्धार

सिलगढी : शिशु तस्करी गर्ने प्रयास गरेको आरोपमा 2 जना महिलालाई हिरासतमा लिनको साथै 3 जना शिशु कन्या उद्धार गरेको छ। प्राप्त जानकारी अनुसार सिलगढीको विधान मार्केट संलग्न इलाकामा दुईजना महिला टोटो रोकेर खाना खाने कुरा गर्दा तिनीहरूसित भएका 3 जना शिशुहरू रून थाले। यसले गर्दा स्थानीय लगाय टोटो चालकलाई ती महिलाहरूमाथि सन्देह लागेपछि टोटो चालकले 3 जना शिशु सहित 2 जना महिलालाई एयरभ्यू मोड ट्राफिक पुलिसलाई सुम्पिदिए। यसपछि सिलगढी थाना पुलिस घटनास्थलमा पुगेर 3 जना शिशु सहित 2 जना महिलालाई थानामा लगेको बताइएको छ। थानामा उक्त महिलाहरूसित पुलिसले सोधखोज गर्दा तिनीहरूमध्ये एकजना जम्मू कश्मिरको ले निवासी रहेको साथै 3 जना शिशु कन्या चोपडा निवासी रहेको थाहा पाए। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *