सिटोङको 9 किलोमिटर जीर्ण सडकको मरमति गर्न जेसीबी लिएर सडकमा ओर्लिए बिक्रम राई

सिटोङ : पर्यटनको केन्द्र बिन्दु रहेको सिटोङको सडक जीर्ण अवस्थामा रहेकोले यहाँ घुम्न आउने पर्यटक तथा स्थानीय मानिसहरूलाई निक्कै असुविधा भइरहेको छ। उक्त सडक मरमति गर्न तर्फ सरकारको ध्यान नदिएपछि सिटोङका समाजसेवी बिक्रम राई उक्त सडकको मरमति गर्न अघि आएका छन्। जोगीघाटदेखि  घलेटार सम्मको 9 किलोमिटर सडकको अवस्था जीर्ण रहेकोले उक्त सडकको मरमति गर्न जेसीबी मेसिन लिएर सिटोङ एकका समाजसेवी बिक्रम राई सडकमा ओर्लिएका छन्। तिनले जीटीए सचिव एवम् जिल्लापाल समक्ष सडकको जीर्ण अवस्थाबारे ज्ञापन पत्र चढाए तापनि सम्बन्धित विभागले हालसम्म कुनै पहल नगरेपछि तिनको टोलीले आगामी मंगलबार फेरि दार्जिलिङ जिल्लापालसित भेट गरेर सडकको अवस्थाबारे अवगत गराउने भएको छ। स्मरण रहोस्, गत 27 सेप्टेम्बरदेखि बिक्रम राईले दैनिक सातजना मान्छे लगाएर उक्त सडकको मरमति गरिरहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *