सिविटारमा तीन दिवसीय विश्व शान्ति पूजाको आयोजना

खरसाङ (निसं): खरसाङ खण्डको महानदी ग्राम पञ्चायत अन्तर्गत सिविटार चियाबारीको दश नम्बर गाउँमा गत 13 दिसम्बरदेखि शुरू भएको तीन दिवसीय विश्व शान्ति पूजाको आज विविध धार्मिक अनुष्ठानको साथमा समापन गरियो। सिविटार चियाबारीको ग्राम सुधार शान्ति युवा संघ दश नम्बर गाउँको आयोजनामा सम्पन्न भएको थियो। उक्त विश्व शान्ति पूजाको पहिलो दिन उदघाटन साथै विश्व शान्ति र क्षेत्रको शान्तिको लागि गाउँभरि लुङ्दर लगाउने कार्य सम्पन्न गरिएको थियो भने दोस्रो दिन 14 दिसम्बरको दिन ग्रह शान्ति र ग्रह दशाको पूजा गरिएको थियो।


त्यसरी नै, अन्तिम दिन आज 15 दिसम्बरमा समापनको पूजा साथै वाङ वितरण कार्यक्रम सम्पन्न गरियो। उक्त वाङ वितरण बाघमारा बस्तीको ज्याङ्देर सामतेलिङ छ्योलिई गुम्बाको धर्मगुरु गोम्देन म्हेम्हे अम्बर लामाको बाहुलीबाट वितरण गरियो। उक्त तीन दिवसीय पूजामा गोम्देन म्हेम्हे अम्बर लामा, मिक्मा लामा र उनको सहयेगीहरूद्वारा पूजा अर्चना गरिएको थियो। उक्त तीन दिवसीय पूजामा सिविटार चियाबारी लगायत विभिन्न स्थानहरूबाट भक्तजनहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişbaywincasibom girişcasibom girişdeneme bonusuCASİBOM GÜNCEL