स्लाइन मामिलाले राज्यको राजनीतिमा हलचल, विधायक शंकर घोषले सिलगढी थानामा गरे एफआईआर दर्ता

सिलगढी, 14 जनवरी (निसं): रिङ्गर्स लेक्टेट स्लाइन दिनाले गर्भवती महिलाको मृत्यु भएपछि मेदनीपुरमा व्यापक हो-हल्ला मच्चिएको छ। मंगलबार सिलगढीका विधायक शंकर घोषले सिलगढी थानामा पुगेर पश्चिमबंग फार्मास्युटिकल स्लाइनविरुद्ध एफआईआर दर्ता गराएका छन्। मेदनीपुर मात्र होइन, गत वर्ष पनि रिङ्गर्स लेक्टेट स्लाइनको कारण धेरै जना गर्भवती आमाको मृत्यु भएको थियो। यसअघि पनि यो स्लाइनलाई लिएर स्वास्थ्य विभागलाई सचेत गराइएको थियो तर राज्यका विभिन्न मेडिकल कलेज र अस्पतालहरूमा यो स्लाइन कसरी चलिरहेको थियो भन्ने बारेमा प्रश्न उठ्न थालेका छन्। यस स्लाइन घटनाले राज्यको राजनीतिमा हलचल मच्चिएको छ। मेदनीपुरमा प्रसूती मृत्युको घटनापछि पश्चिमबंग फार्मास्युटिकलको स्लाइनका विषयमा जनताले आक्रोश प्रकट गरेका छन्। यस घटनाको विरोधमा विधायक शंकर घोषले आज सिलगढी थानामा एफआईआर दर्ता गरेका छन्। विधायक शंकर घोषले भने, “जसरी ब्ल्याक लिस्टेड स्लाइनले एक प्रसूतीको मृत्यु गराएको छ, त्यो अपराध हो। यस घटनामा संलग्न व्यक्तिहरूलाई कानूनी दायरामा ल्याएर सजाय दिनु पर्छ।” उक्त घटनालाई लिएर विधायकले आज सिलगढी थानामा एफआईआर दर्ता गराएको जानकारी दिएका छन्। विपक्षी दलका नेताहरूसँग कुरा गरेपछि अर्को कदम तय गर्ने तिनले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibom 726Onwincasibom girişJOJO BETgrandpashabetbahsegel girişcasino sitelericasibomcasibom girişcasibom giriscasibomonwingrandpashabet girişholiganbetjojobet giriş