सलिड वेस्ट म्यानेजमेन्टबारे सिलगढी महकुमा परिषदमा बैठक

सिलगढी : सिलगढी महकुमा परिषदका सभाधिपति अरूण घोषले आज सलिड वेस्ट म्यानेजमेन्टबारे सिलगढी महकुमा परिषदका विभिन्न विभागका अधिकारीहरूसित एउटा बैठक गरे। सिलगढी महकुमा इलाकालाई सफा सुग्घर बनाइ राख्न महकुमा इलाकाको केही ठाउँहरूमा सलिड वेस्ट म्यानेजमेन्टको व्यवस्था गरिएको छ। सिलगढी महकुमाको सबै इलाकामा सलिड वेस्ट म्यानेजमेन्ट र लिक्युड वेस्ट म्यानेजमेन्ट व्यवस्था गरियोस् भन्ने उद्देश्य लिएर आज बैठक गरिएको हो। उक्त बैठकमा विभिन्न विभागका अधिकारीहरू उपस्थित थिए। बैठकको अन्तमा अरूण घोषले भने, चाँडै नै सिलगढी महकुमाको सबै इलाकामा सलिड वेस्ट म्यानेजमेन्टको व्यवस्था गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *