सलिड वेस्ट म्यानेजमेन्ट परियोजना आवादी इलाकामा गर्न नपाउने, महिलाहरूले कुच्चो बोकेर निकाले रैली

अलीपुरद्वार (निसं): मानिसहरू बसोवास गर्दै आइरहेको इलाकामा सलिड वेस्ट म्यानेजमेन्ट परियोजना गर्न नपाउने मांग गर्दै पूर्व चिकलीगुढी इलाकामा महिलाहरूले कुच्चो बोकेर एउटा रैली निकाले।  आज इलाकाको धेरै संख्यामा महिलाहरूले कुच्चो बोकेर इलाकामा विरोध रैली निकाल्यो। ब्लक प्रशासनले आवादी भएको इलाकामा सलिड वेस्ट म्यानेजमेन्ट परियोजनाको लागि जग्गा निस्चित गरेको छ।


यसैबीच, आवादी इलाकामा यस परियोजनाको जग्गा निर्धारित गरेकोले इलाकावासीमा क्षोभ देखा परेको छ। यसैले आज बिहान इलाकाको महिलाहरूले एकजुट भएर हातमा कुच्चो बोकेर एउटा रैली निकाल्यो। सरकारी ठाउँ हुँदा-हुँदै पनि प्रशासनिक अधिकारीहरूले सलिड वेस्ट म्यानेजमेन्ट परियोजनाको निर्माणको लागि आवादी इलाकामा जग्गा चिन्हित गरेको तिनीहरूको आरोप रहेको छ। आवादी भएको इलाकामा मैला-कुचैला फ्याँक्नको लागि ठाउँ नदिने गाउँले महिलाहरूले दावी गरेका छन्। यदि उक्त जमिनमा स्कूल, आईसीडीएस सेन्टर निर्माण गरिन्छ भने आफुहरूको कुनै आपत्ति नरहेको तिनीहरूको भनाई रहेको छ। यदि प्रशासनिक अधिकारीहरूले सलिड वेस्ट म्यानेजमेन्ट परियोजनाको लागि स्थान परिवर्तन नगरे वृहत आन्दोलन गर्ने महिलाहरूले चेतावनी दिएका छन्।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *