सोनादा-पचेङको समस्याहरूबारे अधिकारीलाई दश बुँदे ज्ञापन

सोनादा : खरसाङको सोनादा-पचेङ समष्टिमा बिकाशमूलक कार्य गर्नको साथै सोनादालाई स्वच्छ अनि शान्तीपूर्ण क्षेत्र बनाउन गोजमुमो सोनादा पचेङ समष्टि लागिपरेको उदाहरण प्रस्तुत गर्दै समष्टिका युवा मोर्चा प्रतिनिधिहरु, नारी मोर्चा अनि जीटीए अध्यक्ष प्रतिनिधि ढ्वाङ्ला भोटियाको नेतृत्वमा सुकिया खण्ड बिकास अधिकारीलाई भेट गरेर दश बुँदे ज्ञापन पत्र चढ़ायो। जीटीए अध्यक्ष प्रतिनिधि ढ्वाङला भोटियाले खण्ड बिकास अधिकारीलाई विस्तृत रूपमा सोनादा क्षेत्रका मानिसहरुले दैनिक रूपमा भोग्दै आइरहेका विभिन्न समस्याहरुबारे उल्लेख गरिएको ज्ञापनपत्र सुम्पे। प्रतिनिधि टोलीमा सोनादा पचेङ समष्टिका जीटीए अध्यक्ष प्रतिनिधि ढ्वाङला भोटिया, समष्टि नारी मोर्चा सभानेत्री वैजयन्ती तामाङ,युवा मोर्चा सभापति रबी राई, मूल सचिव सलिम लोहार, भुवन सुब्बा, अजय राई, विक्की रसाइली, मनिष थापा, नगेन छेत्री,विनय रसाइली,अगम गुरुङ,विवेक सुब्बा,रोमन सुब्बा,दिनेश कुमार राई,पवन गुरुङ ,कैलाश राई,मदन राई आदिको उपस्थिति रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişbaywincasibom girişdeneme bonusugrandpashabet girişbahsegel girişcasibomcasibom